१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमाथि पञ्जाबको सहज जित, केएल राहुल भए घातक



अ+ अ-

काठमाडौँ । किङ्गस इलाभेन पञ्जाबले आईपीएलमा मुम्बई इण्डियन्समाथि ८ विकेटको सहज जित हात पारेको छ । केएल राहुलसँगै शीर्ष क्रमको ब्याट्सम्यान चल्दा पञ्जाबले जित हात पारेको हो ।

मुम्बईले दिएको १७७ रनको लक्ष्य पञ्जाबले १८.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि केएल राहुलले क्रिस गेलसँग ५३ रनको साझेदारी गरे । गेल ४० रनमा आउट भए ।

राहुलसँग ६४ रनको साझेदारी गरेका मयांक अग्रवाल व्यक्तिगत ४३ रनमा आउट भए । राहुलले डेभिड मिलरसँग मिलेर खेल जिताए । उनी ७१ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसको पनि सुरुवात राम्रो थियो । रोहित शर्मा र क्विन्टन डिककले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । शर्मा ३२ रनमा आउट भए ।

सूर्यकुमार यादव ११ रनमा आउट भए । डिकक ३९ बलमा ६० रन बनाएर आउट भए ।

हार्दिक पाण्डेयले ३१ रन बनाए पनि अरु ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् ।