काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल दक्षिण एशियाको उदाउँदो तारा भएकाृ जिकिर गरेका छन् । ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताएका छन् ।
मन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको बताए ।
उनले भने , “सरकार स्पष्ट सोचका साथ आर्थिक सामाजिक रुपान्तरणको दिशामा अघि बढेको छ । यसमा हामी छिमेकी भारत र चीनको सहयोग लिँदै अन्तर्राष्ट्रिय समुदायको साथ पनि लिएर अघि बढ्ने छौँ ।”
मन्त्री ज्ञवालीले नेपाललाई कुनै मुलुकसँग वैरभाव नगर्ने र सबैसँग मित्रभाव राख्ने विदेश नीतिको निरन्तरतासहित समृद्धिको यात्रामा अघि बढाउन सञ्चार क्षेत्रको पनि उत्तिकै सहयोगको अपेक्षा व्यक्त गरे ।