१२ फाल्गुन २०८१, सोमबार
February 24, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाँस्नै पर्छ जीवनमा



अ+ अ-

हाँस्नै पर्छ जीवनमा , जती पीडा भए पनि
वर्तमान त दुखिरन्छ, बिगतसँग भागे पनि

भन्छन सबै मिलनमा, तिम्रो लागि जन्मिएको
भने जस्तो कहाँ हुन्छ, बिछोड हुन लेखे पछि

सबै चिज कहाँ पाउला , खोजे जती मानवले
भोकै बस्दै पुजा गर्दै , देउता सँँग मागे पनि

राम्रोदेखि चाहादैमा, जुनलाई पाउन सकिदैन
पाइला चाल्नु धर्तीमै हो, माथी आकास उडे पनि

भाग्यमा लेखेको नै हुन्छ भन्दा रहेछ्न भाग्यमानी
अभागीले सारा सन्सार देखे भोगे पनि


सन्तोष आचर्याको फेसबुकवालबाट