६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाउचाउ र बिस्कुटको भरमा बाँच्दै हुरीपीडित सुत्केरी



अ+ अ-

बारा । फिरोज मियाँ अन्सारीकी श्रीमती रेशमा खातुन २० दिनको नवजात छोरीलाई काँख च्यापेर भोकै छिन्। पाँच दिन भयो उनले राम्रोसँग खान नपाएको।

गत आइतबार साँझको हावाहुरीमा अन्सारी दम्पतीले ७ बर्से छोरा फैयाजलाई गुमाए। त्यसदिनदेखि रेशमाको अवस्था अत्यन्त दयनीय छ। रुँदै दिन काट्न विवश छिन्।

राहत बाँड्न आउने अधिकांशले चाउचाउ बाँडेका छन्। त्यही पनि खोसाखोस छ यतिबेला फेटामा।

फेटा गाउँपालिका ६ पुरैनियाँमा रहेको अस्थायी क्याम्पमा अन्सारी दम्पती जस्तै दर्जनौंले यसैगरी छाक टारिरहेका छन्। अवस्था झन् झन् दयनीय बन्दै गएको छ। त्यहाँ पुग्ने जोकोहीको आँखा रसाउँछ।

यतिबेला रेशमा खातुन बोल्न नसक्ने अवस्थामा पुग्न लागेकी छन्। उनको आँखाबाट बलिन्द्र आँसुका धारा बगिरहेछन्। सात बर्से छोरो सम्झँदै पलपल मूच्र्छित भइरहेको छ दम्पती।

राम्रोसँग खान नपाएका उनको दूध राम्रोसँग आउँदैन। २० दिनकी छोरी काखमा चिच्याइरहेकी छन्। कहिले छोरीलाई एकोहोरो हेर्छिन्, कहिले घोप्टो परेर रुन्छिन्।

रेशमाका खातुनले घरीघरी छोरा फैयाज भनेर कराउने गरेको त्यसबाहेक कसैसँग बोल्न नसकेको श्रीमान फिरोजले सुनाए। छोरा फैयाजलाई घरको पर्खालले चेपेको थियो। उनको त्यहीँ ज्यान गएको थियो। ‘बुवा (मंजुर मिया)को कम्मर र खुट्टा भाँचिएर नेसनल मेडिकल कलेजमा राखेका छौं, अचेत अवस्थामा हुनुहुन्छ।’ फिरोजले पीडा पोखे। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ।