४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री

राष्ट्रपति भण्डारीको चीन भ्रमण : कूटनैतिक ड्रेस कोडमा परराष्ट्रमन्त्रीको निलो जुत्ता !

राष्ट्रपति भण्डारीको चीन भ्रमण : कूटनैतिक ड्रेस कोडमा परराष्ट्रमन्त्रीको निलो जुत्ता !
अ+ अ-

राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहित एक दर्जनभन्दा बढी विशिष्ट व्यक्ति चीन भ्रमणमा रहेका छन् ।

चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म अर्थात ८ दिने चीनको राजकीय भ्रमण रहेका व्यक्तिहरुको चर्चा हुनु स्वाभिक मानिन्छ । विदेश भ्रमणमा जादाँ सार्वजनिक सवारी साधनहरुलाई बाधा पुर्याउनु, विमानस्थलमा ढिला गरेर हवाई सेवालाई प्रभावित पार्ने काम गर्नु र जम्बो टोलीसहित भ्रमणमा निस्कनु नेपाली जनता र मिडियाले सामन्य रुपममा नै लिने गर्दछन् । यो हाम्रो देशमा परम्परा नै बनेको भएर होला नेपाली जनताले पनि सजिलै पचाउने गर्दछन् ।

तर हाल नेपाली मिडियामा र सामाजिक संजालमा यो कुराको साथसाथै अर्को कुरा धेरैमा चर्चामा आयो त्यो हो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहिरन ।

उनि चट्ट परेको सुट, सुटमा नेपालको चन्द्र र सूर्य अंकित झन्डा,हातमा महंगो घडि र टाउकोमा नेपाली पहिचान देखाउने नेपाली ढाका टोपीमा सजिएका छन् । तर उनले खुट्टामा निलो र सेतो कलर मिश्रत स्पोर्ट्स शुज लगाएका छन् ।

सबै जना कोर्ट पाइन्टमा सुहाउदै शुज लगाएका छन् तर अन्तराष्ट्रिय भ्रमणमा अन्य कर्मचारीलाई कुटनैतिक ड्रेस कोड सिकाउने परराष्ट्र मन्त्रालयका मन्त्रीले भने ड्रेस कोड मिलाउन नै बिर्से ।

This image has an empty alt attribute; its file name is pradip-gyawali.jpg

नेपाली पहिरनको कदर गर्नु त कता हो कता उल्टै विदेशी पहिरनमा सजिएर पहिरनकै खिल्ली उडाएका मन्त्री ज्ञवालीले आफ्नो अस्वाभिक पहिरनलाई लुकाउनुको सट्टामा उनी फोटो खिच्न तछाड मछाड गर्दै अगाडि बढेका छन् ।

यति खेर अन्तराष्ट्रिय भ्रमणमा अन्य कर्मचारीलाई ड्रेस कोड सिकाउने परराष्ट्र मन्त्रालयले आफ्नो मन्त्री चुक्दाँ किन बोलेन र आफ्नो मन्त्रीलाई किन ड्रेस कोड सिकाउन सकेन भन्ने कुराको चर्चा हुन थालेको छ ।

चर्चामै रहेको अर्को कुरा हो अन्य कर्मचारीलाई चाहिँ मन्त्रालयले बनाएको नियम लाग्ने तर मन्त्रीलाई चाहिँ किन उक्त नियम नलाग्ने भन्ने कुराले सामाजिक संजालमा उग्र रुप लिएको छ ।

पहिरनले नै देशको परिचय दिने हो । आफ्नो देश अनुसार भेष हुनु स्वभाविक मानिन्छ । भलै हाम्रो देशमा हाम्रो राष्ट्रिय पोशाक दौरा सुरुवाल खारेज भएपनि उच्च ओहदामा बसेको व्यक्तिले आफ्नो पदिय मर्यादा अनुरुपको पोशक लगाउनु पर्ने हुन्छ ।

विदेश भ्रमणमा जादाँ पोशाक आफ्नो देशको मर्यादासँग जोडिने भएका कारणले गर्दा बिशेष ध्यान दिनुपर्ने हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लगाएको खिचडी पहिरनबाट हामीले कस्तो पाठ सिक्ने ?