![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/04/khullamanch-dojar-768x450.jpg)
काठमाडौं । शनिबार खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि त्यहाँ व्यावसाय गर्दै आएका व्यापारी आक्रोशित बनेका छन् । महानगरपालिकाले सामान सार्ने समयसमेत नदिई डोजर लगाएर सटर भत्काउँदा लाखौँ रुपैयाँ डुबेको उनीहरुको गुनासो छ ।
सटर भत्काइसकेपछि खुला मञ्च पुगेकी महानगरकी उपमेयर हरिप्रभा खड्गीलाई आक्रोशित व्यापारीले आक्रमणको प्रयाससमेत गरेका थिए । ‘हाम्रो लाखौँ डुब्यो, के हेर्न आउनुभएको ?’ भन्दै व्यापारीले खड्गीलाई प्रश्न तेर्स्याउँदै भने, ‘क्षतिपूर्ती पाउनु पर्यो । दिलाइदिनु हुन्छ की हुँदैन ?’
सोही कारण खड्गी प्रहरीको स्कर्टिङमा चुपचाप खुला मञ्चबाट निस्किइन् । शनिबार मध्यान्ह मेयर विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले अवैधानिक रुपमा बनेका ५१ वटा सटरमा डोजर चलाएको थियो । यो खबर नयाँ पत्रिका दैनिकमा छ।