२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा पछिमा बाजा प्रतियोगिता हुने



अ+ अ-

भक्तपुर । भक्तपुरमा नेवारी सांस्कृतिक बाजा पछिमाको प्रतियोगिता हुने भएको छ । सांस्कृतिक विधाको संरक्षण सम्वद्र्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाले यही फागुन २७ गते पछिमा बाजा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता दरबारस्क्वायरमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने समूहले रु २० हजारका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान, बाँसुरी चार थान तथा द्धितीय हुनेले रु १५ हजारका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी तृतीय हुनेले रु १० हजार, पछिमा एक थान, सिछ्या एक थान तथा सान्त्वना पुरस्कार रु पाँच हजारका साथै पछिमा एक थान र सहभागी सबै टोलीलाई पछिमा बाजा एक÷एक थान प्रदान गरिने वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताउनुभयो ।

सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले पछिमा बाजा प्रतियोगिता गर्न लागेको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । रासस