२ भाद्र २०८३, मंगलवार
,
Latest
केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेड र चेल्सी बराबरीमा रोकिए



अ+ अ-

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र युनाइटेडले १-१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा खेलिएको खेलमा सुरुवाती अग्रता युनाइटेडले लिएको थियो ।

युनाइटेडका लागि ११ औं मिनेटमा जुआन माटाले गोल गरेका थिए । युनाइटेडको गोलपछि आक्रामक देखिएको चेल्सीले ४३ औं मिनेटमा बराबरी गोल फर्कायो । चेल्सीका लागि मार्कस अलन्सोले बराबरी गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा खेल बराबरीमा सकियो ।

बराबरीसँगै चौंथो स्थानमा यथावत रहेको चेल्सीले ३६ खेलबाट ६८ अंक बनाएको छ । छैटौं स्थानमा रहेको युनाइटेडको ६५ अंक छ । पाँचौं स्थानमा रहेको आर्सनलको ६६ अंक छ । यी तीन टोलीबीच शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने होडबाजी तिब्र छ