६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेइमारले समर्थकलाई मुक्का हानेपछि….



अ+ अ-

काठमाडौं । युरोपियन फुटबल महासंघ (युएईएफए)बाट तीन खेल प्रतिबन्धको कारबाहीमा परेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारले फेरि अर्को आलोचना खेप्नु परेको छ । अहिले पीएसजीका प्रशिक्षक थोमस टुचेलले नै आफ्ना स्टार खेलाडी नेइमारको आलोचना गरेका छन् ।

दुई दिनअघि फ्रेन्च कपको फाइनलमा पिएसजी रेनेससँग पराजित भएपछि नेइमारले एक समर्थकलाई मुक्का हानेका कारण आलोचना भएको हो । एसजी फ्रेन्च कपको फाइनलमा रेनेससँग सडनडेथमा ६–५ गोलले पराजित भएको थियो । त्यसपछि रिसले चुर बनेका नेइमारले दोस्रो पुरस्कार थाप्न मञ्जमा जाने क्रममा समर्थकलाई मुक्का हानेका थिए । पीएसजीका खेलाडीसँग फोनमा फोटो खिचिरहेका एक समर्थकको फोन खोसेर मुक्का हानेपछि नेइमारलाई अन्य खेलाडीले तत्काल सम्हालेका थिए । उक्त घटनापछि नेइमारको आलोचना भएको हो ।

प्रशिक्षक टुचेलले नेइमारलाई समर्थकसँग लडाइ गर्ने छुट नभएको बताएका छन् । ‘पुरस्कार थाप्न जान मलाई पनि निकै गाह्रो भएको थियो । बास्तवमा त्यो सबैका लागि कठिन अवस्था थियो । यदि हार्छौं भने त्यसलाई स्वीकार गर्न सक्नुपर्छ,’ टुचेलले भने ।

नेइमारले भने आफूले त्यस्तो गल्ती नगरेको बताएका छन् । ‘मैले के नै गल्ती गरेँ । कोही पनि फरक तरिकाले बस्न सक्दैन र खेल गुमाउन पनि चाहँदैन,’ नेइमारले इन्स्टाग्राममा लेखेका छन् । चोटका कारण गत जनवरीदेखि विश्राममा रहेका नेइमारले रेनेसविरुद्धको खेलबाट टोलीमा पूरा समय खेलेका थिए ।

पछिल्ला सिजन फ्रेन्च कप उपाधिमा एक छत्र राज गर्दै आएको पीएसजीले यस पटक फाइनलमा हार खेपेको हो । पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै बाहिरिएको थियो । उक्त खेल बेन्चमा बसेर हेरेका नेइमारले रेफ्रीले भिएआरको सहायतामा युनाइटेडलाई पेनाल्टी दिएपछि रेफ्रीको निर्णयप्रति आपत्तिजनक प्रतिक्रिया दिएका थिए । सोही कारण युएइएफएले नेइमारलाई आगामी सिजन तीन खेल प्रतिबन्ध गरेको छ । समर्थकमाथि जाइलागेका नेइमारलाई फेरि अर्को कारबाही हुन सक्ने बताइएको छ ।