६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पटक मेस्सीलाई स्पेनको प्रतिष्ठित अवार्ड



अ+ अ-

काठमाडौं । अर्जेनिटी तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पहिलो पटक स्पेनको प्रतिष्ठित अवार्ड जितेका छन् । उनले पहिलो पटक स्पेनको प्रतिष्ठित अवार्ड ‘सेन्ट जर्ज क्रस’ जितेका हुन् ।

सन् १९८१ बाट प्रदान गरिदै आएको यस अवार्डलाई क्याटलोनिया क्षेत्रको परिचय र संस्कृतिमा विशेष योगदान दिने व्यक्तिलाई प्रदान गरिने गरिन्छ । जुन अवार्ड स्पेनको क्याटलोनियाले सरकारले प्रदान गर्ने गर्दछ ।

बार्सिलोनाबाट खेल्दै आएका मेस्सीले क्याटलोनिया र बार्सिलोनाका लागि विशेष योगदान पुर्याएको भन्दै उनलाई पहिलो उपट उक्त अवार्डले सम्मान गरिएको हो । मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले जारी सिजनको पहिलो उपाधि जिति सकको छ ।

सिजनको पहिलो उपाधिको रुपमा ला लिगाको उपाधि जितेका उनले अबको लक्ष्य च्याम्पियन्स लिग भएको बताएका छन् । उनले ला लिगामा जारी सिजनका ३२ खेल खेल्दा ३४ गोल गरेका छन् ।

सबै खाले ४५ खेलमा ४६ गोल गरेका मेस्सी यस सिजनको गोल्डेनबुटका एक्ला दाबेदारका रुपमा रहेका छन् । उनले यसअघि पाँच पटक बालोन डी’ओर अवार्ड जितिसकेका छन् ।