१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुयलामा विपक्षी प्रदर्शनकारीमाथि सरकारले बख्तरबन्द गाडी कुदायो(भिडियोसहित)



अ+ अ-

काठमाडौं । भेनेजुयलामा निकोलास मुदेरो समर्थक सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदाएको छ।

विपक्षी नेता हुवान ग्वाइदोले मंगलबार राष्ट्रपति निकोलस मादुरोविरुद्ध सैन्य विद्रोहको आह्वान गरेपछि आन्दोलनमा उत्रिएपछि भेनेजुएला तनावग्रस्त बनेको हो ।

उनले राष्ट्रपति निकोलस मादुरोलाई हटाउनका लागि निर्णायक कारवाहीको अपिल गरेसँगै थुप्रै संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् ।

गुएदोले विद्रोहका लागि अपिल गरेको भिडियोमा भेनेजुयलाको राजधानी काराकसमा स्थित हवाई सैन्यको आधार क्षेत्रमा उनी समर्थित कयौं सैनिकसहित देखिएका छन्। सो भिडियो सार्वजनिक भएलगत्तै गुएदो र मदुरोका सैन्य समर्थकहरूबिच झडप भएको छ।

यता, राष्ट्रपति मादुरोले विपक्षी नेता गुआन ग्वाइदा र लियोपोल्दो लोपेजद्वारा आयोजित विरोध कार्यक्रमलाई अमेरिकी साम्राज्यवादको समर्थनमा गरिएको ‘कू’ को प्रयास बताएका छन् । उनका अनुसार उनीहरुको यस्तो प्रयास विफल भएको छ ।

‘वैध सरकारलाई हमला एवं सत्ताच्यूत गरेर भेनेजुएलालाई दास बनाउने प्रयास भइरहेको छ । देशको सेना शान्तिको पक्षमा उभिएकोमा म धन्यवाद दिन चाहन्छु,’ मादुरोले थपे ।

यसैगरी भनेजुयलाका संचारमन्त्री जोर्ज रोड्रिगेजले ट्वीटरमा गुएदोको यस हर्कतलाई ‘कु’को संज्ञा दिदैं सरकारले सानोसानो संख्यामा रहेका देश्द्रोहीहरूलाई निस्क्रिय पारिरहेको दाबी गरेका छन्।

https://twitter.com/NewsBreaking/status/1123260850410643456