१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलको आम्दानी र नाफा दुवै घट्यो, दोष जति सबै सरकारलाई !



अ+ अ-

काठमाडौं । नेपाल सरकारले बढाएको करको दायराका कारण टेलिकम सेवा प्रदायक एनसेलको आम्दानी र नाफा दुवै घटेको छ । आजियटाले सार्वजनिक गरेको सन् २०१८ को प्रतिवेदनमा वाषिर्क आम्दानीमा १ प्रतिशत र नाफामा १९ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षमा सरकारले भ्वाइस सेवातर्फको दूरसञ्चार सेवा दस्तुर ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्‍याएको थियो । यस्तै टेलिकम कम्पनीको डाटातर्फ पनि १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुर लगाउने निर्णय गरेको थियो ।

एनसेलले गत वर्ष ५७ अर्ब ५० करोड आम्दानी गरेको थियो । सबै कर भुक्तानीपछिको नाफा १५ अर्ब ३० करोड मात्रै भएको तथ्यांक सार्वजनिक गरिएको छ । यो आम्दानी र नाफाको तथ्यांक सन् २०१७ को भन्दा कम हो । सन् २०१७ मा एनसेलले ५८ अर्ब बढी आम्दानी गरी करिब १९ अर्ब नाफा कमाएको थियो ।

अहिले इन्टरनेटको माध्यमबाट एप प्रयोग गरी भ्वाइस र भिडियो कल गर्न मिल्ने भएकाले अर्को देशको नम्बरमा फोन गर्नुपर्दा टेलिकमको नेटवर्क प्रयोग गर्दा आम्दानीमा ३३ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार डाटातर्फको आम्दानी सन् २०१७ को तुलनामा १८ प्रतिशतले बढेको छ । सन् २०१८ मा डाटातर्फ मात्रै एनसेलले करिब १३ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।