६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोरम र नयाँ शक्तिबीच एकता हुँदै, पार्टीको नाम ‘नयाँ समाजवादी फोरम नेपाल’



अ+ अ-

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकताका छलफलमा जुटेका छन्। यादव र भट्टराईलाई अध्यक्ष बनाएर पार्टी एकता गर्न लागेको स्रोतले बताएको छ ।

राजपालाई सामेल गराउनका लागि छलफल पनि राजपा नेपालको तर्फबाट खासै सक्रियता नदेखाएपछि फोरम नेपाल र नयाँ शक्ति नेपाल अगाडि बढेको छ ।

दुई पार्टीबीच लामो समयदेखि भएको छलफलपछि एकीकरण हुन लागेको हो । संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव र भट्टराईबीचको वर्ता सकारात्मक बनेपछि पार्टी एकता गर्ने भएको फोरम निकट नेता बताउछन् ।

स्रोतका अनुसार भट्टराईले एकताका लागि यादव समूहलाई छलफल गर्न शुक्रबार सचिवालय बैठक बोलाएको छ। एकीकृत पार्टीको दुई अध्यक्ष अनौपचारिक समाझदारी भइसकेको र एकतापछि नयाँ पार्टीको नाम ‘नयाँ समाजवादी फोरम नेपाल’ राख्ने सहमति स्रोतले जानकारी दियो ।

एकीकरण गर्ने भएपछि फोरमले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको पनि स्रोतले बताउछ । फोरमले वैशाख २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गर्ने मिति तय गरेको थियो ।

नयाँ पर्टीको केन्द्रिय सदस्यमा २५ जना रहने बताइएको छ । २५ सदस्यीय परिषद्मा १६ जना फोरम नेपालबाट तथा ९ जना नयाँ शक्तिका तर्फबाट रहने छन्। प्रतिनिधिसभामा फोरमको १६ सिट छ भने नयाँ शक्तिबाट संयोजक बाबुराम भट्टराई मात्र सांसद छन्।

गतवर्ष भएको स्थानीय तहको चुनावमा नयाँ शक्तिले फोरमको चिन्ह लिएर उठेको थियो।