६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्ती मारिएको विरोधमा प्रहरी कार्यालयमा ढुंगामुढा,प्रहरीद्धारा सात राउण्ड अश्रु ग्यास प्रहार



अ+ अ-

गोरखा । बिवाहमा जन्ती आएका युवकले केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एक जनाको मृत्यु भएपछि लम्जुङको राइनास नगरपालिका–४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् ।

धबार लमजुङको अल्कटारबाट गएका जन्ती र गोरखा कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट हुँदा घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

करिव दुई सय जनाको संख्यामा आएका अल्काटारका स्थानीयले बिहीवार इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका हुन् ।

ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइतेसमेत भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । घटनास्थलमा जिल्लाबाट थप प्रहरी टोली खटिएका छन् ।

घटनाको सत्यतथ्य बुझ्न एसपी भोला रावलसहितको टोली खटिएको छ । कुटपिटमा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ गरिएको एसपी भोला रावलले बताए ।