१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्का : फेरि बम आक्रमण हुने आङ्शकामा चर्च बन्द



अ+ अ-

काठमाडौं । श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ । फेरि बम आक्रमण हुने आङ्शकामा सो चर्चले आफ्नो सेवा रद्ध गरेको प्राप्त समाचारमा जनाइएको हो ।

चर्चका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार चर्चले प्राप्त गरेको एक सूचनाअनुसार चर्चमा सम्भावित दुई ओटा आक्रमण हुन लागेको थियो ।

त्यसपछि चर्चले आगामी मे ५ मा हुने गइरहेको सामूहिक भेला रद्ध गरेको छ । सुरक्षाबलको सल्लाहअनसुार आगामी आइतबबार कुनै पनि चर्चमा सामूहिक भेला नहुने चर्चका प्रवक्ताले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

श्रीलङ्कामा गत अप्रिल २१ मा तीन होटल र ती चर्चमा भएको आत्मघाती आक्रमणपछि चर्चले पुनः सर्वसाधारणको लागि आफ्नो सेवा शुरु गर्न लागेको थियो ।

गत अप्रिल २१ मा भएका ती आतङ्ककारी आक्रमणहरुमा परी कम्तीमा २ सय ५७ व्यक्तिको मृत्यु भएको थियो । सयौंको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका थिए । सो आक्रमणमा परी कम्तीमा ४२ विदेशी नागरिकले समेत ज्यान गुमाएका थिए ।