६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ



अ+ अ-

सिरहा । भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक राजेशकुमार यादव रहेको प्रहरीले जनाएको छ । यादवलाई बिहीबार राति विशेष सूचनाको आधारमा प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल, सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित पक्राउ गरेको हो ।

प्रहरीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।