१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङलिश प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा, वाटफोर्ड पराजित



अ+ अ-

काठमाडौँ । वाटफोर्डलाई पराजित गर्दै इङलिश प्रिमियर लिगमा चेल्सीले लिगको तेस्रो स्थान सुरक्षित गरेको छ ।

आइतबार सम्पन्न भएको खेलमा चेल्सीले वाटफोर्डलाई ३-० गोल अन्तरले पराजित गरको हो भने चेल्सीको जितमा डेभिड लुइस, लोफ्टस चीक र गोन्जालो हुगैनले एक एक गोल गरेका थिए । चेल्सीका लागि इडेन हजार्डले दुई गोल असिस्ट गरेका थिए ।

जितसंगै चेल्सी ३७ खेलमा ७१ अंक हासिल गर्दै प्रिमियर लिगमा एक खेल खेल्न बाँकी रहदा तेस्रो स्थानमा उक्लिएपनि वाटफोर्ड भने ३७ खेलमा ५० अंक बटुल्दै लिगको १०औ स्थानमा रहेको छ ।