६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ हजार रुपैयाँ घुससहित फरेस्टर पक्राउ



अ+ अ-

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीस्थित चौफा सव डिभिजन वन कार्यालयमा कार्यरत फरेस्टर महेन्द्र बिसी पक्राउ परेका छन् ।

कटान आदेशको काममा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस मागिरहेको अवस्थामा बिसीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बिसीलाई आयोगको सुर्खेतस्थित कार्यालयबाट गएको टोलीले मुसिकोट नगरपालिका १ कालिका मन्दिर नजिकको विमला खाजाघरबाट घुस रकमसहित पक्राउ गरेको हो ।