१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी लिबियामा इस्लामिक स्टेटका लडाकुको आक्रमण, तीन जना मारिए



अ+ अ-

काठमाडौं । दक्षिणी लिबियामा आतंकवादी संगठन इस्लामिक स्टेटका संदिग्ध लडाकुको आक्रमणमा तीन जना मारिएका छन् ।

मरुभूमिको बीचमा रहेको लिबियाको दक्षिणी शहर गदवामा लडाकुले आक्रमण गरी जथाभावी गोली चलाएको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शहरमा आक्रमणपछि लडाकुहरु मरुभूमितर्फ भागेका थिए ।

दक्षिणी लिबियाको विशाल भूभाग सैनिक शासक खलिफा हफ्तार नेतृत्वको लिबियाली सेनाको नियन्त्रणमा रहेपनि हाल लिबियाली सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोली कब्जा गर्नका लागि सैनिक अभियानतर्फ आफ्नो ध्यान केन्द्रित गरेकाले दक्षिण लिबियामा सुरक्षा व्यवस्था निकै कमजोर रहेको बताइन्छ ।

त्यहाँ इस्लामिक स्टेटका लडाकु तथा स्थानीय टेबु जनजातीका लडाकुहरुले बेलाबेला सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।