काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा रु ३०० रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।बिहीबार छापावाला सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।