२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगीले महसुल नतिरे बिजुली चोरीको आरोपमा मुद्दा चलाउने कुलमानको चेतावनी



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले महसुल नतिरी ट्रंक र डेडिकेटेड लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली चोरीको आरोपमा मुद्दा चलाउने बताएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २०७३ सालदेखि महसुल नतिरेका ग्राहकको लाइन काट्ने चेतावनी दिएका हुन्। उनका अनुसार हालसम्म करिब चार अर्ब ३० करोड रुपैयाँ उठ्न बाँकी छ । यखि उक्त रकम समयमै नतिरे बिजुली चोरीको आरोपमा मुद्दा चलाउने बताए ।

प्राधिकरणबाट एक सय ८४ वटा उद्योगले डेडिकेटेड र ट्रंक लाइन लिएका छन्। तीमध्ये ६७ उद्योगीले ‘विद्युत् महसुल संकलन विनियमावली २०७३’ अनुसार शुल्क नतिरेको घिसिङले बताए। विनियमावलीको दफा ५ अनुसार विद्युत् महसुल अन्य दस्तुर तथा सेवाशुल्क र बिलिङसम्बन्धी व्यवस्थामा प्राधिकरणको डेडिकेटेड र ट«ंक लाइनबाट विद्युत् सेवा लिने औद्योगिक, व्यापारिक, गैरव्यापारिक वर्गका ग्राहकले विद्युत् शक्ति खपत गरेबापत मासिक सेवा शुल्क, डिमान्ड शुल्क र इनर्जी शुल्क बुझाउनुपर्नेछ।

उद्योगीले २० घन्टा वा सोभन्दा बढी समय डेडिकेटेड फिडरसरह विद्युत् आपूर्ति लिएका थिए। लोडसेडिङको समयमा उपभोग गरेबापतको महसुल भुक्तानी नगरे क्षतिपूर्तिसहितको रकम लाग्नेछ।