१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा युवतीद्धारा एक बृद्ध अपहरित, प्रहरीले साढे २ घण्टामै समात्यो



अ+ अ-

काठमाडौं । प्रहरीले ललितपुरको इमाडोलबाट अपहरणमा परेका एक पुरुषलाई साढे २ घण्टामै सकुशल उद्दार गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले आज बिहान पनि इमाडोल नजिकैबाट अपहरणमा परेका इमाडोल बस्ने ५९ वर्षीय कृष्ण चौडेलको उद्दार गरेको हो । परिसरका प्रमुख (एसएसपी) रवीन्द्र धानुकका अनुसार अपहरण गर्ने ढोलाहिटी बस्ने अनिमा भुजेललाई पक्राउ गरिएको छ ।

सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट लिएर बस्दै आएकी अनिमाले कृष्ण चौडेललाई इमाडोलबाट अपहरण गरेकी थिइन् । चौडेललाई अपहरण गर्नेमा अनिमासँगै थप २ जना पनि रहेको एसएसपी धानुकले बताए ।