२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली हा लोङ खाडीमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार ६ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ । सन् १९९४ मा युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत यो खाडीमा विविध जैविकता रहेको छ ।

खाडीका कुवा, भान, बा हाङ, कोङ ताउ र भोङ भिएङ गाउँमा एक हजार छ सय जनसङ्ख्या छ जो माछा र सामुद्रिक जीवहरुमा निर्भर छन् । प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल भियतनाम भ्रमणमा रहेका छन् ।

प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, सांसद, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, स्थानीय तहका निर्वाचित प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मी रहेका छन् । रासस