१ पुष २०८२, मंगलवार
,
Latest
सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित



अ+ अ-

बर्लिन । जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचन हुनु भएको छ । वर्तमान अर्थ मन्त्री समेत रहनु भएका ओलाफलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उहाँ निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधीकारी ओलाफको उदय भएको छ । 

अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् (एफडीपी) सँग गठवन्धन गरेकाले उहाँ चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो । 

विदा हुन लाग्नु भएकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बन्नु भएको थियो । त्यसपछि उहाँ सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बन्नु भएको हो । 

झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले विदा लिन लाग्नु भएको हो । चान्सलर हुँदा उहाँ सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आउनु भएको थियो । (रासस-एएफपी)