५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर हत्या प्रकरणः आत्महत्या गर्ने ज्वाइँ नै हत्यारा भएको आशंका



अ+ अ-

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतकका ज्वाइँ नै संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मिक्लाजुङको वडा नं ८ मा मृतकका ज्वाइँ मानबहादुर माखिमको शव फेला फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीको आशंका गरेको हो

माखिमको शव घटनास्थलबाट पैदल हिँड्दा करिब डेढरदुई घन्टा लाग्ने दूरीमा झुण्डिएको अवस्थामा फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख घटनास्थलतर्फ पुगेको छ ।

पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको जानकारी दिए ।

स्थानीयका अनुसार आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन् ।