६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथाको चुचुरो नाप्न गएका सरकारी टोली आधा घन्टामै फर्कियो



अ+ अ-

काठमाडौं । पहिलो पटक सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली चुचुरोमा पुगेको छ।

नापी विभागका अधिकारीहरू बुधबार बिहान तीन बजेतिर सगरमाथाको चुचुरोमा पुगेका हुन्।

विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका छन्।

उनले भने, ‘टोली आइतबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको हामीलाई खबर आएको छ, टोली अहिले फर्किँदैछ।’ नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापनका लागि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाएको थियो।

सगरमाथाको उचाइ मापन गर्न नापी विभागका तालिम प्राप्त प्राविधिक कर्मचारीहरूगत चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीहरूले पर्वतारोहणसम्बन्धी तालिम लिएका थिए।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रवीन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ।


जसमध्ये प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुगेका हुन्।

सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले बेस क्याम्पमा बसेर डाटा संकलनमा सहयोग गरेका छन्।

चुचुरोमा जाने टोलीले आफूसँग एउटा मेसिन पनि लिएका थिए। ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभर नामको उक्त मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरू संकलन गरेको छ।

सगरमाथामा तापक्रम र आद्रता र गुरूत्वाकर्षणजस्ता मौसमी तथ्यांक पनि संकलन गरिएको छ।

नापका लागि पाँचजना गाइडहरू खटाइएको छ। पिक प्रमोशन प्रालिमार्फत छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्‍याउन मद्दत गरेका थिए। आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गरेका छन्।