५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापी कार्यालय साँखुका सर्वेक्षक र लेखापढी व्यवसायी घुससहित पक्राउ



अ+ अ-

काठमाडौँ । नापी कार्यालय साँखु, काठमाडौँका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका छन् ।

बिहीबार सेवाग्राहीसँग जग्गा हालसाविक गर्ने भन्दै घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

उनिहरुको साथबाट १ लाख ५० हजार समेत बरामद गरिएको छ ।