२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीले आउँदो बिहिबार प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने, विपक्षीमा कमजोर पार्टी रहने



अ+ अ-

काठमाडौं । नरेन्द्र मोदीले आउँदो बिहिबार प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने भएका छन् । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लैले नसोचेको मत ल्याएपछि उनि फेरि पाँच बर्षको लागि प्रधानमन्त्री बन्ने भएका हुन् ।

सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ ।त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स (एनडिए)ले तीन सय ४९ सिट पुर्‍याएको छ ।

प्रतिपक्षी कंग्रेसले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको उसले यसपालि ५२ पुर्‍याएको छ । संविधानतः प्रमुख प्रतिपक्ष दलको मान्यता पाउन आवश्यक ५५ सिट पनि उसले जुटाउन सकेन । यसरी मोदी चुनौतीविहीन बनेका छन् । कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलाइन्स (युपिए) को कुल सिट ८८ मात्र पुगेको छ ।

१६ राज्यमा कंग्रेस शून्य, राहुल गान्धीले समेत हारे

भारतका कुल ३० मध्ये १६ राज्यमा कंग्रेस शून्य भएको छ । दिल्ली, हरियाणा, गुजरात, आन्ध्र प्रदेश, राजस्थान, हिमाञ्चल, उत्तराखण्ड, अरुणाञ्चल, उडिसा, त्रिपुरा, मणिपुर, मिजोरम, सिक्किम, चण्डिगढ, लक्ष्यदीप र अन्डेमाननिकोबरबाट कंग्रेसले प्रतिनिधित्व पाएको छैन ।

यता १३५ वर्ष पुरानो कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आफ्नो पारिवारिक सिट अमेठीबाट हारेका छन् । उनलाई ५४ हजार सात सय ६७ मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराइन् । २००९ र २०१४ मा पनि स्मृतिले राहुललाई चुनौती दिएकी थिइन् । तर, उनको तेस्रो प्रयास सफल भयो ।

राहुलले केरलाको वायनाडबाट भने ठूलो मतान्तरले जितेका छन् । वायनाडमा राहुलले सात लाख पाँच हजार मत प्राप्त गर्दा माकपाका पिपी सुनीरले दुई लाख ७३ हजार मत प्राप्त गरे । यसरी केरलामा चार लाख ३२ हजार मतान्तरले राहुलले जिते ।

कम्युनिष्ट पत्तासाफ

भारतको कम्युनिष्ट घटकले यस लोक सभा निर्वाचनमा हालसम्मकै न्युन सिट हासिल गरेका छन् ।

एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । देशभरमा कम्युनिष्टको कुल सिट ५ रहेको छ ।

५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको माकपाले २०११ सम्म राज्य सरकारको पनि नेतृत्व गर्दै आएको थियो ।

२००९ को निर्वाचनसम्म केन्द्रीय गठबन्धनको किङ मेकरसमेत रहेको माकपाले २०१४ मा नौ सिट मात्र जितेको थियो । तर, यसपालि उसले बंगाल र त्रिपुराबाट सबै सिट गुमाएको छ ।

त्यसपछि मोदीको लहरमा कम्युनिष्टहरु झनै खुम्चिए । सन् २०१४ मा जम्मा १० भोट ल्याएको कम्युनिष्ट अहिले त्यसको पनि आधामा खुम्चिन पुगेका छन् ।

सन् २००४ मा ५९ सांसद जित्दा कम्युनिष्टले तत्कालिन युपिए सरकार गठन गर्न महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।

हाल प्राप्त पाँचमध्य चार सिट तमिल नाडूबाट प्राप्त भएको थियो । त्यहाँ कम्युनिष्ट त्यति बलियो शक्ति होइनन् । उसले डीएमकै समर्थक लहरमा यति मत पाएको विश्वास गरिएको छ ।

कम्युनिष्टका केही महत्त्वपूर्ण उमेद्वारमध्य निवर्तमान सांसद तथा पोलिट्व्युरो सदस्या मोहम्मद सलिम र बदरुद्दोजा खान तिनको निर्वाचनमा क्षेत्रमा क्रमशः तेस्रो र चौँथो आएका छन् ।

पछारिए अधिकांश क्षेत्रीय दल

चुनावअघिसम्म पनि उल्लेख्य सिटसहित दिल्लीमा बन्ने सरकारमा आफ्नो प्रभावशाली भूमिका रहने आशमा रहेका क्षेत्रीय दलहरूमध्ये अधिकांशले नमीठो हार व्यहोरेका छन् ।
तीमध्ये पनि लालु यादवको राष्ट्रिय जनता दल (राजद), शरद पवारको राष्ट्रिय कंग्रेस, अखिलेश यादवको समाजवादी पार्टी (सपा), मायावतीको बहुजन समाज पार्टी (बसपा) ले नमीठो हार व्यहोरेका छन् । महागठबन्धनको नेतृत्व गरेको राजद २ सिटमै सीमित भएको छ ।