६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या तीन पुग्यो (अपडेट)



अ+ अ-

काठमाडौं । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ ।५ जना घाइते भएका छन् ।

सुकेधारामा ग्याँस सिलिन्डर विस्फोट हुुँदा दुईजनाको र अनामनगरको विस्फोटमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार सुकेधारा र घट्टेकुलो दुबै स्थानमा एकएक जना घटनास्थलमै मृत भेटिएको छ । भने उपचारको क्रममा थप एक जनाको मृत्यु भएको छ ।

घाइते ४ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। पोखरेलका अनुसार अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।

यस्तै, घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ । क्षतिको विवरणमा आउन बाँकी छ ।