काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकसभामा ऐतिहासिक विजय प्राप्त गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्
नेपालले औपचारिक रुपमै मोदीलाई बधाई पत्र पठाएका हुन् । कम्युनिस्ट पार्टीका बरिष्ठ नेतासमेत रहेका नेपालले एनडीए गठबन्धन, भाजपाका अध्यक्ष अमित शाह र गठबन्धनबाट लोकसभामा विजयी भएका सबैलाई बधाई ज्ञापन गरेका छन् ।
लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले एकल बहुमत ल्याएसँग मोदी फेरि प्रधानमन्त्रीमा दोहोरिने पक्का भएका छन् ।
लोकसभामा एनडीए गठबन्धनले ३५० सिट जितेको थियो । भाजपा मात्रै ३०३ सिटमा विजयी भएको छ । यो भाजपाको एकल बहुमत हो ।