६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको विरोध गर्नेहरु एनजीओ र आइएनजीओबाट परिचालित भएका हुन् : मन्त्री बास्कोटा



अ+ अ-
फाइल फाेटाे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकार प्रेसको विपक्षमा रहेको भन्ने आरोप गलत रहेको बताएका छन् । उनले नेपाली प्रेसलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा सरकारले छलफल गरिएको बताए ।

प्रेस संगठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औं कृष्ण सेन स्मृति दिवस २०७६ पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री बास्कोटाले संसदमा पेस भएको मिडिया काउन्सिल विधेयकको विषयमा बकवास विरोध भएको भन्दै, एनजीओ र आइएनजीओबाट परिचालित भएर सरकारको विरोध गरिरहेको आरोप लगाए ।

मन्त्री बास्कोटाले भने, ‘संविधानका मान्यताभन्दा बाहिर गएर सरकारले कुनै काम गर्दैन् ।’ ‘प्रेस जगत संवेदनशील छ र यसलाई व्यवस्थित र मर्यादित बनाउन सरकार लागि परिरहेको छ ।’