६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक सर्वेक्षण सार्वजनिक, वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घट्यो



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान रहेको पुनः दोहोर्याएका छन् ।

आर्थिक सर्वेक्षण बारे सोमबार बसेको संसद वैठकलाई जानकारी दिँदै मन्त्री खतिवडाले आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशत रहेको जानकारी गराउँदै आर्थिक वृद्धि हासिल गर्ने बताए ।

‘निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशतमा झरेको छ,’ खतिवडाले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै भने। यस अघि निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या २१.६ प्रतिशत रहेको थियो। २.९ प्रतिशत विन्दुले घटेको सर्वेक्षणले जनाएको छ।

‘वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घटेको छ,’ उनले भने। रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले वृद्धि भइ ५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको उनले बताए।

‘४.२ प्रतिशत मुद्रार्स्फीति रहने। धेरै दशक यता आन्तरिक बचतले २० प्रतिशत विन्दु नाघेको छ,’ उनले भने। फागुन मसान्तसम्ममा शोधानान्तर स्थीति ५९ अर्ब घाटामा रहेको बताए। ‘यस अवधिमा चालु खाता १ खर्ब ९१ अर्बले घाटामा रहेको कारण विप्रेषण अप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ पुग्दा पनि हाम्रो भुक्तानी सन्तुलनमा केहि चाप परेको छ,’ उनले भने। सार्वजनिक ऋण ९ खर्ब पुगेको उनले बताए।

चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको उनको भनाइ थियो । राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेको कारण समेत अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको उनको दावी थियो ।

मन्त्री खतिवडाले शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार तथा ऊर्जा तथा भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी तथ्याङ्कहरुले सामाजिक एवम् भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गरेको संकेत गराएको समेत बताए ।