६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकी मकालु पेट्रोल पम्पबाट चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ



अ+ अ-
फाइल फोटो

काठमाडौं । प्रहरीले चितुवाको छाला र हड्डीसहित २ जनालाई पक्राउ गरेको छ ।

सोह्रखुट्टे वृत्तका इन्सपेक्टर सुदर्शन देव जोशीको कमण्डमा खटिएको टोलीले आइतबार ४ बजेतिर धादिङका बालाजु बस्ने वर्ष २५ को पल बहादुर मगर र बर्दीया राजापुरका वर्ष ३० को कृष्ण चौधरीलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको हो ।

सोह्रखुट्टेदेखि फ्लो गर्ने क्रममा कलंकी मकालु पेट्रोल पम्प नजिकैबाट उनीहरुलाई सोह्रखुट्टे वृत्तले पक्राउ गरेको बताइएको छ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।