१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा पेश गरेको विधेयक फिर्ता हुँदैन्, पारित हुन्छ : अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन्।

कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संसदमा पेश गरिएका सबै विधेयक संसदीय प्रक्रियाबाट पारित हुने र त्यसमा आवश्यक परिमार्जन भने गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट पारे।

कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कुनै पनि विधेयकको छलफल गर्ने थलो संसद भएको र त्यहीँ विस्तृत छलफल भएपछि पारित हुने पनि स्मरण गराए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिइरहेका बेला अध्यक्ष दाहालले सो विधेयक संसदबाट फिर्ता नहुने प्रष्टयाएका हुन्।

कार्यक्रममा अध्यक्ष दाहालले पत्रकार तथा लेखक सूर्य थापालाई ५० हजार नगदसहितको ‘कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार’ र पत्रकार चन्द्रमान श्रेष्ठलाई २५ हजार नगदसहित ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेका थिए।