६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको ध्यान ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बाहेक अरु केही छैन् : पौडेल



अ+ अ-

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारको ध्यान ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बाहेक अरु केहीमा नभएको बताएका छन् । आगामी वर्षलाई तीब्र विकास र प्रगतिको बर्षका रुपमा सदुपयोग गर्न चाहेको उनको दाबी छ ।

बुटवलको रामनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै पौडेलले जेठ १५ गते सरकारले प्रस्तुत गर्ने बजेटको कार्यान्वयनसंगै देशमा मानव बिकास, आर्थिक बिकास र पर्यटन बिकासले तिब्र गती लिने बिश्वास ब्यक्त गरे ।

विरोधीहरुले धेरै हल्ला चलाए पनि नेपालको विकासको दर,जीडीपी बढेकोमा खुसी ब्यक्त गरे । उनले विकास र समृद्धिका लागि दलभन्दा माथि उठेर सामूहिक भावनामा केन्द्रित हुन पनि सबैलाई आग्रह गरे ।

पुर्व अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले कालिगण्डगी डाईभर्सन दुई प्रदेशको विवादको बिषय नभएको जिकिर गर्दै रिडी रुद्रबेनीमा निर्माण हुने बाँधबाट बाँध मुनीका जनतालाई सिंचाईको अभाव नहुने गरि कालि गण्डकी डाईभर्सन निर्माण गर्ने परियोजना भएको बताए ।