६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री मगरका पूर्व पतिसहित ३ जनाद्वारा आत्मसमर्पण, शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता



अ+ अ-

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका छन्।

केही समयअघि काभ्रेबाट पार्टीका मध्यक्षेत्र कमाण्डर हेमन्तप्रकाश वलीसँगै पक्राउ परेका मध्य कमाण्ड सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी सहित ३ जना नेताले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण गर्नेमा सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी, संजिव कार्की र देवराज घिमिरे रहेका छन् ।

उनीहरुले हिंसाको बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता गर्दै पार्टीसमेत परित्याग गरेको घोषणा गरेको प्रशासन स्रोतले जनाएको छ ।

पक्राउपछि उनीहरुमाथि राज्यद्रोहको मुद्दा लगाइएको थियो । ललितपुर जिल्ला अदालतले उनीहरुलाई साधारण तारेखमा रिहा गरेलगत्तै पार्टी नै परित्याग गरी आत्मसमर्पण गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए ।

‘उहाँहरुले विप्लव समुह परित्याग गरी खुला राजनीतिमा आउनु भएको छ,’ प्रजिअ जोशीले नेपालखबरसँग भने ‘हिंसात्मक गतिविधिका प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता भेटिए कडा कारबाही गर्ने चेतावनी दिएको थिएँ।’

विप्लव समुहका भरपर्दा नेता अधिकारीले आत्मसमर्पण गरेको केही मिनेटपछि काठमाडौं उपत्यकामा श्रृंखलावद्व बम बिस्फोटका घटना भएका थिए। घटनाका समय अधिकारी सहितको समुह प्रहरी निगरानीमै थियो।

रौतहट इन्चार्ज अधिकारी तत्कालीन एमाओवादीको काठमाडौंं जिल्ला नेता थिए भने उनी खानेपानीमन्त्री बिना मगरका पूर्व पति समेत हुन् । पार्टी विभाजनसँगै उनी वैद्य खेमा हुँदै विप्लव समूहमा लागेका थिए ।