पोखरा । अख्तियारका कर्मचारीलाई सेटिङ गर्नका लागि पैसा खुवाउनुपर्छ भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गरेका दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका १३ सिन्दुपाल्चोक घर भइ पोखराको हेभि इक्युप्मेन्ट डिभिजन कार्यालय कास्कीमा राजपत्र अनंकित द्धितिय श्रेणीमा कार्यरत प्राबिधिक कुमार लामिछाने र पोखरा १४ का बिचौलिया खगेन्द्र प्रसाद काफ्ले रहेका छन् ।
अख्तियार कार्यालय पोखराको टोलीले सोमबार उनिहरुलाई हेभि भेइकल ट्रयल पास गराइदिन्छु भन्दै एक जना सेवाग्रहीसँग रु चालिस हजार लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
अख्तियारका डिएसपि रोसन खड्काका अनुसार पोखराको हेभि इक्युप्मेन्टको परिक्षामा पास गराउनका लागी अख्तियारका कर्मचारीलाई नै पैसा दिनुपर्ने भन्दै सेवाग्राहिसँग पैसा मागेका थिए । सो खबर पाए सँगै अख्तियार पोखराको टोलिले सेवाग्रहीको सहयोग मार्फत उनीहरुलाई रंगेहात समाउन सफल भएको छ ।