६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गद्दी आरोहणको अवसरमा जापानी राजदूतको स्वागत समारोह



अ+ अ-

काठमाडौँ, १४ जेठ (रासस) जापानी सम्राट नारुहितोको गद्दी आरोहणको शुभ अवसरमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आज काठमाडौँमा स्वागत समारोहको आयोजना गर्नुभयो ।
सो समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली उपस्थिति हुनुभयो । साथै समारोहमा पूर्व प्रधानमन्त्री, मन्त्रीगण, पूर्व मन्त्री, सांसदहरु, नेपाल सरकारका विशिष्ठ अधिकारी, नेपाल स्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
त्यस अवसरमा राजदूत साइगोले जापान नेपाल सम्बन्धका विविध पक्षको चर्चा गर्नुभयो ।
उहाँले सम्राट नारुहितो सन् १९८७ मा नेपाल आउनुभएको प्रसंग उल्लेख गर्नुभयो । उहाँले जापान र नेपालका विदेशमन्त्रीहरुले हालैमात्र दुइ देशको आपसी भ्रमण गरेकोले सम्बन्ध थप उचाइमा पुगेको धारणा राख्नुभयो ।
राजदूत साइगोका अनुसार यही मे महिनामा सम्राट नारुहितोले गद्दी आरोहण गरेपछि जापानमा नयाँ युगको शुरुआत भएको भनी नयाँ युग समारोह मनाउन थालिएको छ ।
यस समारोहलाई रिवा भनिन्छ । रिवाको अर्थ एक राम्रो सौहार्दता भन्ने हुन्छ । यस अवसरमा नयाँ फूलहरु फूलाउने तथा सौहार्दता बढाउन सांस्कृतिक लगायतका कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ ।