६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध लागुऔषधसहित एक जना पक्राउ



अ+ अ-

भादगाउँ । भक्तपुरको जगातीमा सवारी जाँचका क्रममा प्रहरीले अवैध लागुऔषध ३९६ थानसहित एक युवकलाई पक्राउ गरेको छ ।

बनेपाबाट काठमाडौँतर्फ आउँदै गरेको बा४१प ३१५५ नंको मोटरसाइकल जाँच गर्नेक्रममा प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–७ का २४ वर्षीय राजेश राईलाई सोमबार पक्राउ गरी हिजो मङ्गलबार सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार राईको साथबाट बुप्रिनोरफिन लुपिजेसिक दुई एमएलको ९८ थान, फेनिरामाइन एभिल दुई एमएलको १०० थान, प्रोमेथाजिन हाइड्रोकोलोराइड फेनरगन दुई एमएलको १०० थान, डाइजेपाम ७२ थान, सिसाको बाहिरी भागमा कुनै पनि लोगो नभएको लागुऔषधजस्तो देखिने २६ थानसहित जम्मा ३९६ थान लागुऔषध बरामद भएको उहाँले बताउनुभयो ।

जगाती नाका हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारी जाँच गर्ने क्रममा बनेपाबाट काठमाडौँतर्फ आउँदै गरेको बा४१प ३१५५ नंको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार राई कालो रङको झोला बोकी भागेकामा तत्काल नियन्त्रणमा लिई निजले बोकेको झोला खानतलासी गर्दा उक्त झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध बरामद भएको प्रनाउ पोखरेलले बताउनुभयो ।