६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैन् ; प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा बुधबार टुँडिखेलमा आयोजित कार्यक्रममा ‘वलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका पत्रपत्रमा समाहित छन्’ प्रधानमन्त्री ओलीले भने ।

गणतन्त्र दिवसले गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वाचित गरेको, आमजनताले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन पनि अभिप्रेरित गर्ने उनले बताए ।


उनले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको जनाए । ‘हाम्रो ध्येय गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध केन्द्रित छ । गरिबी र लोकतान्त्रिक गणतन्त्रसँगसँगै रहन सक्दैनन् ।

त्यसैले सुशासन र विकास आज हाम्रा प्राथमिकता हुन्,’ प्रधानमन्त्रीले, ‘त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।’ उनले गणतान्त्रिक व्यवस्थालाई पारिभाषित गर्दै ‘गणतन्त्र केबल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रूपान्तरणको व्यवस्था’ भएको बताएका छन् ।

प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारजस्ता विषयहरुमा खासै बोलेका छैनन् । बरु उनले जननिर्वाचित संस्थाहरुको मर्यादामा बढ्ता जोड दिएका छन् । प्रधानमन्त्रीले भने, ‘गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गरिनुपर्छ ।’

प्रधानमन्त्रीले संस्थाहरुको मर्यादाका साथै देशको विकास र आर्थिक समृद्धिलाई जोड दिइएको छ । प्रधानमन्त्रीले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्ने काममा अनुदित गर्न रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम ल्याएको र उत्पादन वृद्धिमा जोड दिएको बताएका छन् ।

प्रधानमन्त्रीको भनाइ छ, ‘मैले भन्दै आएको छु- गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन, समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो । ‘सर्वजन हितायः सर्वजन सुखायः’ हाम्रो गणतन्त्रको आत्मातत्व हो । त्यसैले जनताको अनुहार मलीन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।’