२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टर भए प्रधानमन्त्री ओली, क्रिश्चियन धर्म प्रवर्द्धन गर्ने विश्वविद्यालयबाट विद्यावारिधि !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधि प्रदान गरेको छ ।

बुधबार काठमाडौंको नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना भएको एक कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीलाई उक्त उपाधि प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधि प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा प्रेसित समाचारमा जनाइएको छ ।

उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीलाईगरेको सम्मानका रुपमा लिएको बताए । उनले भने, ‘यो सम्मान मेरो व्यक्तिगत होइन, सम्पूर्ण नेपालीको सम्मान हो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल पनि अब छोटो समयमै विकसित हुने बताए ।

कार्यक्रममा सहभागी हुन काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युन र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले संयुक्त रुपमा आमन्त्रण गरेको थिए ।

उपाधि दिने संस्था क्रिश्चियन

विश्वविद्यालयले आफ्नो बारेमा वेभसाईटमा लेखेको छ हाम्रो यो शैक्षिक संस्थाको स्थापना ईसाई धर्मको भावना अनुसार १९४६ मा ग्योङ्गचेओन अर्थात् स्वर्ग र मानव जातिको पूजा गर्नको लागि खुलेको हो । जब जापानी उपनिवेश सकिएर गरिबी र विनाशबाट हामीले मुक्ति पायौं त्यसपछि खुलेको हामीले ७० ‌औं वर्षगाँठ मनाइसकेका छौं ।

यसरी सोही कलेजेको वेभसाईटमा लेखिए अनुसार यो एउटा क्रिश्चियन धर्म प्रचारक विश्वविद्यालय हो । जसले क्रिश्चियन धर्मको भावना अनुसारको शिक्षा दिने गरेको छ । सोही विश्वविद्यालयबाट प्रधानमन्त्री ओलीले मानार्थ विद्यावारिधि लिन लागेका हुन् ।

प्रधानमन्त्रीले विवादास्पद विद्यावारिधि ग्रहण गरेको यो पहिलोपटक होइन । उनलाई २०६७ असोज ११ गते अमेरिकामा रहेको भनिएको ग्रिनफोर्ड युनिभर्सिटीले काठमाडौंमा विशेष दीक्षान्त समारोह आयोजना गरेको थियो ।

त्यस्तै गत चैत २५ गते राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री ओलीलाई त्यहाँको उत्तराखण्डको एक विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गर्‍यो । उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले उनलाई ‘अनररी डक्टर अफ साइन्स’ (मानार्थ विद्यावारिधि) द्वारा विभूषित गरेको थियो ।