१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरिया आक्रमणमा २३ जनाको ज्यान गयो



अ+ अ-

अबुजा । नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टी गर्नुभयो । नाइजेरियाका उत्तरी भेगमा पछिल्ला दिनहरुमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन् ।

शेहुले प्रभावित क्षेत्रमा प्रहरीको नियमित गस्ती बढाइएको र सेनाले हवाई गस्ती थालेको जानकारी दिनुभयो । गाउँलेको हत्या हुनुको ठोस कारण अझै खुलेको छैन । आक्रमणका बारेमा नाइजेरियामा सक्रिय कुनै पनि समूहले जिम्मेवारी पनि लिएका छैनन् ।

जाम्फारा र कडुना राज्यमा जारी हत्या हिंसाले स्थानीय जनतामा त्रास फैलिएको छ । कतिपय अवस्थामा हतियारधारी समूहले किसानले पालेका गाईबस्तु लुट्ने गरेका छन् ।