६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी बन्यो युरोपा च्याम्पियन, आर्सनलको लजास्पद हार



अ+ अ-

काठमाडौं । चेल्सी युरोपा लिग च्याम्पियन बनेको छ । अजरबैजानमा बुधबार राति भएको फाइनल खेलमा इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई ४–१ गोलले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

एकपक्षीय खेलमा चेल्सीलाई जिताउन इडन हजार्डले दुई तथा ओलिभर गिरोड र पेड्रो रोड्रिग्वेजले एक एक गोल गरे । आसर्नलका एलेक्स इओवीले सान्त्वना गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोली गोल रहित बरबरीमा रोकिए । दोस्रो हाफमा आक्रामक देखिएको चेल्सीले ४९औं मिनेटमा खाता खोलेको थियो । चेल्सीका लागि पहिलो गोल गिरोडले गरे । ६०औं मिनेटमा रोड्रिग्वेजले गोल गदै चेल्सीको अग्रता दोब्बर बनाए ।

त्यसपछि हाजार्डले लगातार दुई गोल थपे । चेल्सी छाड्ने तयारीमा रहेका हजार्डले ६५औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । गिरोडलाई आर्सनलका मेटल्यान्ड निल्सले डिबक्सभित्र फल हानेपछि चेल्सीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा चेल्सीको दबाब झेलेको आर्सनलका लागि एलेक्स इओवीले ६९औं मिनेटमा एक गोल फर्काए ।

त्यसपछि हाजार्डले ७२औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल थप्दै चेल्सीलाई सजिलै च्याम्पियन बनाए । हाजार्ड अर्को सिजन स्पेनिस क्लब रियल म्याड्रिड जाने तयारी छन् ।