१६ असार २०८३, मंगलवार
,
Latest
मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहका जनप्रतिनिधिको तलब ३ अर्ब भन्दा बढी



अ+ अ-

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा साज्यकोषबाट बर्सेनी कम्तीमा दुई अर्ब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ। यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो।

यसमा उनीहरुले विभिन्न शीर्षकमा लिन भत्ता र सुविधा जोएिएको छैन। हरेक प्रदेशले आफूअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिले प्राप्त गर्ने पारिश्रमिक, सुविधा तथा विभिन्न शीर्षकको भत्ता तोकेर ऐन जारी गरेको छ।

स्थानीय तहका जनप्रतिनिधिको तलब भत्तामा सबैभन्दा बढी खर्च हुने गरेको छ। त्यसैगरी प्रदेशका जनप्रतिनिधिले ३४ करोड ९० लाख र संघका जनप्रतिनिधिले २२ करोड ५६ लाख रुपैयाँ पारिश्रमिक लिँदै आएका छन्।

बजेटमार्फत निजामती कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र प्राध्यापकको तलबभत्ता बढे पनि जनप्रतिनिधिको तलब भने बढको छैन। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।