२४ भाद्र २०८३, बुधबार
,
Latest
टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारीमा सिट हुन्न, निजीमा तिर्न सकिन्न, आईसीयू पाउन गाह्रो



अ+ अ-

काठमाडौं । एमबीबीएस तयारी गरिरहेका भाइको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) खोज्दै हिँडेका इन्द्रजित गौतम तनावमा छन् ।

इन्द्रजितका भाइलाई टाइफाइडपछि एक्कासि स्वास्थ्य समस्या जटिल बनेको थियो। एक साताअघि सिभिल अस्पताल पुर्‍याएका गौतमले आईसीयू नै पाएनन्। अस्पतालका चिकित्सकले बेड नभएको बताउँदै कान्तिपुर अस्पतालमा रेफर गरे। कान्तिपुरमा आईसीयूमा राखेको चार दिनमा ४७ हजारको बिल उठिसकेको छ। उनी भन्छन्, ‘सरकारी अस्पतालमा बेड पाउनै गाह्रो रहेछ। निजीमा शुल्क ज्यादै महँगो रहेछ।’

सरकारी अस्पतालमा आईसीयू बेड खोज्ने क्रममा सोमबार त्रिवि शिक्षण अस्पतालमा पुग्दा उनी निरास देखिन्थे। ‘अस्पतालको इमरजेन्सीमा सोध्दा आईसीयूमा बेडै छैन। दुईजनालाई बेड नभएकाले इमरजेन्सीमै राख्नुपरेको चिकित्सकले सुनाए’, उनले भने।

अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गासँग भेट्न जाँदा ढोका बाहिरबाटै सहायकले व्यस्त भन्दै पन्छाए। शिक्षण अस्पतालमा मुख्य आईसीयूमा ११ बेड छन्। मेडिकलमा ८ बेड छन्। जुन सितिमिति खाली हुँदैन। ‘आईसीयूको बेड पाउनु त चिट्ठा पर्नुजस्तै हो’, प्रशासनका एक कर्मचारीले भने। सरकारी अस्पतालका आईसीयूमा बेड पाउन पनि बहालवाला मन्त्रीले सोर्स लगाउने गरेको अनुभव कर्मचारीको छ।

देशको सबैभन्दा पुरानो वीर अस्पतालमा आईसीयू बेड २० मात्र छन्। अस्पतालका निर्देशक डा। केदार सेञ्चुरी भन्छन्, ‘निजी अस्पतालमा खर्च बढी भयो भन्दै सिकिस्त बिरामी दिनहुँ आउँछन्। यहाँ बेड पाउनै गाह्रो छ।’ बिरामी चापको तुलनामा २० बेड थोरै भएको उनले बताए। वीरमा आईसीयूको शुल्क ३ हजार छ। देशको एकमात्र रेफरल अस्पताल कान्ति बाल अस्पतालमा पनि आईसीयू बेड पाइँदैन। अस्पतालमा ३० बेडको आईसीयू छ। अस्पतालका ड्युटी अफिसर रमेशनरसिंह केसी भन्छन्, ‘दिनको ५÷७ जना आईसीयूका बिरामीलाई बेड नभएर फर्काउनुपरेको छ।’

निजीमा आईसीयू सेवा पाइए पनि तिर्नै नसक्ने गरी महँगो छ। शिक्षण अस्पतालमा आईसीयूको शुल्क १४ सय छ भने निजी अस्पतालमा प्रतिबेड २१ हजारसम्म छ। निजीले दिने सेवाको शुल्कसम्बन्धी मापदण्ड निर्धारण नगर्दा त्यसको मारमा बिरामी परेको उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णुप्रसाद तिमिल्सिना बताउँछन्।

सरकारीका आईसीयूको शुल्कभन्दा निजीको शुल्क झन्डै १४ गुणा धेरै छ। निजीले ८५ सय देखि २१ हजारसम्म लिने गरेको महालेखा परीक्षक कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिन० का वरिष्ठ उपाध्यक्ष कुमार दाहाल निजीमा लगानी धेरै गर्नुपरेकाले सरकारीभन्दा बढी शुल्क लिनुपरेको तर्क गर्छन्। उनी भन्छन्, ‘होटलमा जानुस् त कति लिन्छन् रु सरकारले हामीलाई केही दिँदैन, उल्टो उठाउँछ। अनि बिरामीसँग शुल्क नलिएर के गर्नु ? ’

निजी स्वास्थ्य संस्थाले दिने सेवाको शुल्क तोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। पुष्पा चौधरीको अध्यक्षतामा सेवा शुल्क निर्धारण समिति गठन गरिएको छ। तर यसले अझै शुल्क निर्धारण गरेको छैन। समितिले शुल्क निर्धारण गर्न बेवास्ता गर्दा निजी अस्पतालले मनपरि शुल्क लिइरहेको उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव तिमिल्सिनाको दाबी छ। उनले भने, ‘सरकारले शुल्क निर्धारणमा ढिलाइ गर्नु हुँदैन। सर्वसाधारण लुट्ने हिसाबले अस्पतालले शुल्क लिन पाइँदैन।’, समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।