१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : सेमिफाइनलमा आयोजक ब्राजिलले अर्जेन्टिनाको सामना गर्दै



अ+ अ-

काठमाडौं । कोपा अमेरिका–२०१९ अन्र्तगत पहिलो सेमिफाइनल खेलमा भोलि आयोजक ब्राजिलले अर्जेन्टिनाको सामना गर्ने भएको छ ।

नेपाली सममअनुसार उक्त खेल बिहान ६ः१५ बजेबाट सुरु हुनेछ । क्वार्टरफाइनलमा भेनेजुएला २–१ गोलले हराउदै सेमिफाइनल प्रवेश गरेको अर्जेन्टिनाले ब्राजिललाई हराउन भने सहज छैन् ।

पीएसजीका स्टार खेलाडी तथा आफ्नो मुख्य खेलाडी नेयमार जे.आर बिनै मैदान उत्रिन लागेको ब्राजिल उच्च प्रर्दशनमा रहेको छ । ब्राजिल समूह चरणको खेलमा बोलिभियालाई ३–० , पेरुलाई ५–० गोलले हराउदा भेनेजुएलासँग बराबरीमा रोकिएको थियो । यता क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको थियो ।

त्यस्तै अर्जेन्टिना कोलम्बियासँग २–० ले हार्दा पराग्वेसँग १–१ गोलको बराबरी खेलेको थियो भने कतारलाई पराजित गरेको थियो । यता क्वाटरफाइनल खेलमा भेनेजुएलालाई २–० गोल अन्तरले हराएको थियो ।

यसपटक ब्राजिलका गोलकिपर एलिसन फममा रहेका छन् । भने बार्सिलोनाबाट फममा नरहेका फिलिप काउटिन्हो पनि ब्राजिलको टिममा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । यता क्यासेमिरो र फर्नाडिन्होले जुनसुकै समयमा खेललाई परिर्वतन गर्न सक्छन् ।

१४ पटकको कोपा अमेरिका तथा दुईपल्टको विश्वकप विजेता अर्जेन्टिना फेरि एकपल्ट राम्रो प्रदर्शन गर्न संघर्षरत रहेको छ । आपसि तालमेल नमिल्दा अर्जेन्टिनाको खेलमा सुधार हुन सकेको छैन् । उसका लागि गोलकिप्पर अर्मानी उत्कृष्ट प्रर्दशनगरिरहेका छन् । यता मार्टीनले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । आश गरिएका स्टार खेलाडीहरु अग्वेरो र लियोनल मेस्सी खासै चल्न सकेका छैनन् ।