७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपेली आयोगको प्रमुखमा पहिलोपटक एकजना महिलालाई प्रस्ताव



अ+ अ-

काठमाडौं । युरोपेली आयोगको प्रमुखमा पहिलोपटक एकजना महिलालाई प्रस्ताव गरिएको छ ।

युरोपेली संघ ईयूका नेताहरूले उक्त क्षेत्रीय समूहको उच्च पदहरूमा मनोनयन थाल्ने क्रमसँगै युरेपेली आयोगमा जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको बीबीसीले जनाएको छ ।

युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको छ। केही दिनको कठिन वार्तापछि यी नामहरूको घोषणा गरिएको हो।उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए।

फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले युरोपेली आयोगको प्रमुखमा मनोनयन गरिएकी फोन डेर लायन निकै राम्रो उम्मेदवार भएको र उनी राम्रो छनौट भएको बताएका छन्।

आयरल्याण्डका प्रधानमन्त्री लियो भराडकरले दुई मुख्य पदमा महिलाको नाम मनोनयन गरिएको विषयले युरोपेली संघ लैङ्गिक समानता तर्फ अघि बढिरहेको भन्ने परिवर्तन–उन्मुख सन्देश दिएको बताएका छन्।

चार मुख्य पदमा सबै मनोनयन पश्चिम युरोपबाट मात्रै भएको र पूर्वी युरोपबाट एउटा पनि नभएको प्रति भने कतिपयले आश्चर्य व्यक्त गरेका छन्।