७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झडपमा छ सुरक्षा आधिकारी र ३५ लडाकू मारिए



अ+ अ-

काबुल । अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्त्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताउनु भएको छ ।

तालिबान लडाकू समूहले प्रहरी जाँचचौकीमा आक्रमण गरेपछि सो झडप शुरु भएको रहमातीले जानकारी दिनु भएको छ ।

सोमबार रातीबाट शुरु भएको यो झडप मङ्गलबार बिहानसम्म जारी रहेको थियो । सुरक्षा अधिकारीहरुले गरेको जवाफी कारबाहीको क्रममा ३५ लडाकू मारिनुको साथै अन्य दर्जनौ घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस झडपको क्रममा एक सैनिक अधिकारीसहित छ सुरक्षा अधिकारीले ज्यान गुमाएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।