७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरा बारेमा समाचार लेख्नेलाई पत्रकार भन्ने कि ‘पत्रुकार’ ?: खनाल



अ+ अ-

काठमाडौं । नेकपा वरिष्ठ नेता झलनाथ खनालले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रता दिएको तर त्यो परिभाषित नभएको तर्क गरेका छन् ।


बुधबार  संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै खनालले अधिकारप्राप्त सञ्चार माध्यममलाई नियन्त्रणभन्दा पनि मर्यादित बनाउनुपर्नेमा जोड दिए । ‘नियन्त्रण भन्दा पनि मर्यादित बनाउनलाई यो विधेयक आएको हो’, खनालले भने, ‘विधेयकमा केही कमिकमजोरी भए विज्ञसँग बसेर छलफलपछि पारित गरौँ।’

सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिपक्षी दलका सांसदले विरोध गरेपछि ‘‘पत्रकारितालाई स्वतन्त्रता छ। तर, अभिव्यक्ति स्वतन्त्रतालाई कसरी परिभाषित गर्ने ?’, खनालले थप प्रश्न गरे, ‘जे मन लाग्यो त्यही लेख्न पाइन्छ ? मर्यादित ढंगले लेख्नु पर्दैन ?’

खनालले आफुलाई रतन्धो लागेको छ, म राति हिड्न नसक्ने कुरा उल्लेख गरेर समाचार छापेको भन्दै आपत्ति जनाए । ‘हुँदै नभएको गलत लेख्छ भने नियन्त्रण गर्ने कि नगर्ने ?’उनले भने त्यस्तोलाई पत्रकार भन्ने कि ‘पत्रुकार’ ?

प्रतिपक्षी सांसदलाई समेत खनालले आग्रह पूर्वाग्रह नराखी छलफलमा सहभागी हुन अनुरोध गरे। ‘आग्रह र पूर्वाग्रह नराखौँ’, खनालले कांग्रेस सांसदलाई अनुरोध गर्दै भने, ‘छलफल गरेर अगाडि बढौँ, सके सर्वसम्मत गरौँ, नसके बुहमतीय प्रक्रियाबाट विधेयक पारित गरौँ ।’