७ आश्विन २०८१, सोमबार
,
Latest
अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट तीन जना विचौलिया पक्राउ



अ+ अ-

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले यातायात व्यवस्था कार्यालयमा विचौलियाको काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका नं. १५ लक्ष्मणवा बस्ने २० वर्षीय विनयकुमार गुप्ता, सोही ठाउँ बस्ने १८ वर्षीय शिव शम्भु यादव र बारा जिल्ला फेटा गाउँपालिका घर भइ वीरगञ्ज महानगरपालिका वडा नं १५ लक्ष्मणवा बस्न २० वर्षीको श्यामसुन्दर साह रहेका छन् ।

बुधबार दिउँसो उनीहरुलाई यातायात व्यवस्था कार्यालय वीरगञ्जको सवारी शाखाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यातायात ब्यवस्था कार्यालय वीरगञ्जको सवारी शाखामा सेवाग्राहीसँग कार्यालयमा लाग्ने दस्तुर भन्दा बढी रकम लिएर काम गराइदिन्छु भनिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।